Logo

मिडफिल्डर विशाल राई मार्की खेलाडीको रुपमा फ्रेन्चाइज टिम धनगढी एफसीमा अनुबन्धित


राष्ट्रिय फुटबल टिमका सदस्य तथा मिडफिल्डर विशाल राई मार्की खेलाडीको रुपमा फ्रेन्चाइज टिम धनगढी एफसीमा अनुबन्धित हुनुभएको छ ।

नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम धनगढीले सोमबार विशाललाई मार्की खेलाडीको रुपमा अनुबन्धित गरेको हो ।

सोमबार धनगढीका टिम मालिक सुवास बहादुर शाही र विशालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

धनगढीका मार्की खेलाडी नियुक्त भएपछि बोल्दै विशालले टिमको लक्ष्य उपाधि उचाल्नु रहेको बताउनुभयो ।

टिमको मार्की खेलाडी हुन पाउँदा खुसी लाागेको र जित्नका लागि खेल्ने उहाले बताउनुभयो ।

२७ वर्षे मिडफिल्डर विशालले राष्ट्रिय टिममा सन् २०१५ अगष्ट ३१ मा डेब्यु गर्नुभएको थियो ।

उहाले नेपालका लागि १९ खेलमा ३ गोल गर्नुभएको छ । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।

लिगमा धनगढीसँगै विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्