काठमाडौं : सन्तोश बस्नेतको निर्देशनमा कलाकार नबिनजङ क्षेत्री र हेमा श्रेष्ठको उत्कृष्ट अभिनय रहेको ‘अबिरल परिरह्यो’ गीतको भिडियो सार्वजनिक भएको छ ।

सुरज कुमार थापा र मीन निरौला मीठो स्वरमा सजिएको गीतमा बिरेन्द्र पाठकले शब्द रचना गर्नुभएको छ ।

डीपक्राज बिश्वकर्माले संगीत भरेको गीतमा बिश्वा अधिकारीले संगीत संयोजन गर्नुभएको छ भने अनिल अधिकारी र श्याम स्वेत रसाइलीले गीतलाई रेकर्डिङ, मिक्सिङ र मास्टरिङ गर्नुभएको छ ।

ड्रीम म्युजिकको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको भिडियो छायांकन कमल प्रसाईले गरेका हुन् भने भिडियोको सम्पादन बिकास दाहालले गरेका हुन् ।