Logo

नेकपा (माओवादी केन्द्र)ले सम्पूर्ण कम्युनिष्टहरुबीच महा-धुर्बिकरणको पहल गर्ने


काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को काठमाण्डौमा उपलब्ध केन्द्रीय समितिको बैठक बसेको छ ।

आज पार्टी कार्यालयमा बसेको बैठकमा पार्टीको नाम र चुनाव चिन्ह, माओवादी तथा पूर्वमाओवादी र सम्पूर्ण कम्युनिष्टहरुबीच एकता गर्नेदेखि सँगठनलाई हाईस्पीडमा लानेसम्म निर्णय गरेका छन् ।

बैठकमा पेश भएका एजेण्डाहरमा सहिदहरुप्रति श्रद्धाञ्जली, वर्तमान राजनीतिक अवस्थाबारे, रिपोर्टहरुमाथि छलफल र सुझाव लिने, नेकपा बिप्लबलाई स्वागत र सुझाब, महाधुर्बिकरण आदी बिषयहरु रहेको पार्टी महासचिव राजन तिमल्सिनाले बताए ।

आजको प्रमुख एजेण्डा पार्टी नाम र चुनाव चिन्ह बारे : निर्बाचन आयोगको पत्र सम्बन्धमा जे जसो गर्नु पर्ने हो, सो जिम्मा अध्यक्ष गोपाल किरातीलाई दिने निर्णय गरिएको कुरा महासचिव तिमल्सिनाले बताए।

त्यस्तै, ओलीतन्त्र बिरुद्ध प्रचण्डहरुको संघर्षलाई सकारात्मक भन्दै माओवादी तथा पुर्ब माओवादीहरु र सम्पुर्ण कम्युनिस्टहरुबीच महा-धुर्बिकरणको पहल बढाउने निर्णय समेत गरियो ।

आजको बैठकले सडक आन्दोलनमा आएको बिप्लब नेकपालाई स्वागत गर्दै ओलीतन्त्रको प्रचण्डमा नफस्न कमरेड बिप्लबलाई सुझाब समेत दिएको छ ।

बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराती ‘साईला’ले नेकपा एकतालाई खारेज गर्ने सर्वोच्च अदालतको फै’सला स’मस्या भएको बताएका थिए ।

आजको बैठकले प्रवास पार्टी शाखाको जिम्मा क. भोट बहादुर थापालाई दिने निर्णय गरियो । साथै संगठनलाई हाईग्येरमा अगाडि बढाउने निर्णय गरियो कुरा महासचिव तिमल्सिनाले बताए ।

नेकपा (माओवादी केन्द्र)को बैठकको निर्णयहरु :-

 

पछिल्लोपटक एकीकृत माओवादीले विभिन्न समूहसँग एकता गर्दै २०७२ जेठ ६ मा पार्टीको नाम बदलेर माओवादी केन्द्र बनाएको थियो । त्यसअघि २०६५ मा तत्कालीन माओवादी र एकता केन्द्र मसालबीच एकतापछि प्रचण्डले आफू नेतृत्वको पार्टीको नाम माओवादी केन्द्र बनाएका थिए ।

२०७७ साल जेष्ठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रियाबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक घोषणा गरिएको थियो । तर केहि समय अघि नेकपाको नाम वि’वादसम्बन्धी सर्वोच्च अदालतको फैसलापछि नेकपा माओवादी केन्द्र र नेकपा एमाले ब्युँतिएका छन् ।

यस अघि दुवै पार्टीबीच एकता भई नेकपा नाम कायम हुँदा गोपाल किराँतीले नेकपा (माओवादी केन्द्र) र सन्ध्या तिवारीले एमाले दल निर्वाचन आयोगमा दर्ता गरेका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्