Logo

मृ’त सांसदहरुको शो’क प्रस्ताव पारित गर्न मात्रै संसद बैठक बस्नु प्रतिगमन नभई के हो ? : भानुभक्त ढकाल


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले म’रेका सांसदहरुलाई श्र’दाञ्जलि दिन मात्रै संसद पुनःस्थापना भएको आरोप लगउनुभएको छ ।

हनुमानढोका दरबार संग्रहालय विकास समितिको १० औं बार्षिक उत्सवको अवसरमा आयोजित गरगहना प्रदर्शनी तथा पुस्तक विमोचन कार्यक्रममा मन्त्री ढकालले मृ’त सांसदहरुलाई श्र’दाञ्जलि दिन मात्रै संसद पुनःस्थापना भएको हो भन्दै प्रश्न गर्नुभएको हो ।

उहाले नयाँ जनादेशमा जान संसद विघटन गर्दा प्रतिगमन हुने तर मृ’त सांसदहरुको शो’क प्रस्ताव पारित गर्न मात्रै संसद बैठक बस्नु प्रतिगमन नभई केहो भन्दै प्रश्न गर्नुभयो ।

सांसदहरुले होटलमा कोठा पाउन छोडेको प्रसंग उल्लेख गर्दै मन्त्री ढकालले प्रतिनिधिसभा पुनःस्थापनापछि सांसदकै हैसियतमा होटलमा बस्न थालेको टिप्पणी गर्नुभयो ।

उहाले वर्तमान सरकार संसदमा बहुमत पुग्नेले बनाउनुपर्ने बताउदै कसैको बहुमत भए सरकार गठन गरेर देखाउन चुनौती दिनुभयो ।

मन्त्री ढकालले पहिले अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्री हटाएको स्मरण गर्दै अझै हटाउने हो भनेपनि अर्को चुनावमा ठूलो साइजमा आफ्नो पार्टी आउने बताउनुभयो ।

कार्यक्रममा पुराना गरगहनाहरु प्रदर्शनमा राखिएको थियो । ऐतिहासिक गरगहनाहरु जोगाइराख्न सबैले पहले गर्नुपर्ने सहभागीहरुको जोड थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्