Logo

नेकपा माओवादी केन्द्रको कमिटी बैठक पेरिसडाँडामा जारी


नेकपा माओवादी केन्द्रको कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको छ ।

जारी बैठकमा बिभिन्न छ वटा प्रस्तावमा केन्द्रीत रहेर छलफल भइरहेको माओवादीले जनाएको छ ।

विभिन्न समयमा दिवंगत पार्टीका नेता कार्यकर्ताहरूप्रति श्रद्धाञ्जलि अर्पणपछि अहिले वर्तमान परिस्थिति सरकार र संसद् बारे छलफल भइरहेको छ ।

छलफलपछि सुझाव, टिप्पणी र रिपोर्टिङ गरिने बताइएको छ । बैठकमा पार्टीको संगठन, राष्ट्रिय कार्यकर्ता भेला, पार्टीको नाम र कम्युनिस्ट आन्दोलनको एकताबारे पनि छलफल हुने भएको छ ।

फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँताएपछि पहिलोपटक पार्टीको केन्द्रीय कमिटी बैठक बसेको हो ।

यसअघि शनिबार बसेको स्थायी कमिटी बैठकले माओवादी केन्द्रका तर्फबाट संघीय सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

एमालेको कमिटीमा राखिएका संघीय तथा प्रदेश सांसदहरूलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्ने निर्णय पनि बैठकले गरेको थियो ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्