Logo

अहिले राजनीतिक गठजोडले मुलुकलाई निकास दिन सक्दैन ताजा जनादेश नै उपयुक्त हुन्छ : पार्वत गुरुङ


सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ताजा जनादेशले मात्रै मुलुकलाई निकास दिने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल वाग्मती प्रदेश भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उहाँले अहिले राजनीतिक गठजोडले मुलुकलाई निकास दिन नसक्ने भन्दै ताजा जनादेश नै उपयुक्त हुने बताउनुभयो ।

उहाँले दुई वा दुईभन्दा बढी राजनीतिक दलसँग मिलेर बनेको सरकारले स्थायित्व दिन नसक्ने भएकाले ताजा जनादेश नै एक मात्र विकल्प भएकामा जोड दिनुभयो ।

उहाँले ताजा जनादेशले पार्टीको सङ्गठनलाई पनि मजबुद बनाउने धारणा राख्नुभयो ।

मन्त्री गुरुङले श्रमजीवी पत्रकारका हकका मुद्दा कार्यान्वयन गर्न सञ्चारगृहलाई आग्रह गर्नुभयो ।

उहाँले पार्टीभित्र देखिएको विवाद समाधान गर्न नै आगामी चैत ७ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको बताउनुभयो ।

प्रेस चौतारीका इन्चार्ज एवं केन्द्रीय सदस्य राजेन्द्र गौतमले पत्रकारका मुद्दालाई सरकारले सम्बोधन गर्ने बताउनुभयो ।

नेकपा (एमाले) वाग्मती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले सर्वोच्च अदालतको निर्णयपछि एमाले एकताबद्ध भएको बताउनुभयो ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्