Logo

केपी ओलीले गरेका निर्णय विधानवि’परित भएको निष्कर्ष : माधव नेपाल


नेकपा एमाले अध्यक्ष केपी ओलीले गरेका निर्णयलाई वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूहले विधानविपरित भएको निष्कर्ष निकालेको छ ।

साँझ बानेश्वरस्थित अर्याल होटलमा बसेको नेपाल–खनाल पक्षको आकस्मिक स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो।

शुक्रबार बालुवाटार बैठकमा भएका निर्णयले महाधिवेशनको नीति निर्देशन उलं’घन गरेको आरोप भीम रावलले बैठकपछि बताउनुभयो ।

उहाले सुरुमा नेकपा फुटाउने ष’ड्यन्त्र गरेको र दुई पार्टीको एकता समाप्त भएपछि एमाले पार्टी फुटाउने सोचले काम गरेको देखिएको आरोपसमेत लगाउनुभयो ।

विधान वि’परितको कामको वि’रोध र अस्वीकार गर्ने निर्णय गरिएको उहाले बताउनुभयो ।

पार्टीलाई तहसनहस बनाएर राष्ट्रियता र स्वाधिनता अप्ठेरोमा पार्ने काम गरेको भन्दै यो विषयमा बैठकमा ग’म्भीर समीक्षा भएको रावलको भनाइ छ ।

त्यस्तै नेता रघुजी पन्तले शुक्रबार बालुवाटारमा भएको ओली समूहको भेला विधि वि’परितको बैठक भएको आरोप लगाउनुभयो ।

बैठकले एमालेभित्र समानान्तर कमिटी बनाउने निर्णय गरेको बताइएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारी खारेज गर्ने, आफू पक्षका नेताहरुको जिम्मेवारी खोस्नेलगायतको निर्णय गरेपछि खनाल नेपाल समूह आ’क्रोशित भएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्