Logo

खुवालुङ सम्बन्धि प्राज्ञिक बहस किरात राई यायोक्खाले सुरु गर्‍यो


तिलङमा राई

काठमाण्डौ-खुवालुङ सम्बन्धि प्राज्ञिक बहस किरात राई यायोक्खाले सुरु गरेको छ ।

आज “खुवालुङ : संरक्षण सम्बर्द्धन र सांस्कृतिक पर्यटनको सवाल” भन्ने शिर्षकबाट खुवालुङ सम्बन्धि प्राज्ञिक बहस शुरु गरेको हो ।

यस कार्यक्रममा प्रस्तोताहरु मुन्दुम अध्यता /अनुसन्धाता भोगीराज चाम्लिङ, मुन्दुम ट्रेल संरक्षण समितिको अध्यक्ष रमेस राई र नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप)को प्रतीनिधी रहेको थियो ।

मुन्दुम अध्यता /अनुसन्धाता भोगीराज चाम्लिङले ‘खुवालुङको सांस्कृतिक महत्व र संरक्षणको सवाल’ सम्बन्धी बिषय प्रस्तुत गरेका थिए ।

त्यस्तै गरी मुन्दुम ट्रेल संरक्षण समितिको अध्यक्ष रमेस राईले ‘खुवालुङको सांस्कृतिक महत्व र संरक्षणको सवाल’ सम्बन्धी बिषयमा प्रस्तुत गरेका थिए ।

नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप)को प्रतीनिधीले ‘खुवालुङ/सांस्कृति संरक्षणमा कानुनी आधार र उपचार’ सम्बन्धी बिषयमा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा किरात राई यायोक्खाको पदवाधिकारिहरु, समुदायको प्राज्ञिक ब्यक्तित्व/ब्यक्तीहरु, सामाजिक तथा सांस्कृती अभियानताहरु, राजनीतिक पार्टिका नेताहरु आदी उपस्थित रहेको थियो ।

केही साताअघि विराटनगरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले दिनुभएको एक अभिव्यक्तिलाई उक्त ढुङ्गा (खुवालुङ )सँग जोडिएपछि यसले राजनीतिक तथा सामाजिक क्षेत्रको पारो तताइरहेको छ ।

खुवालुङ मुन्धुममा आफ्नो इतिहास, जीवनदर्शन, संस्कार, चिन्तन र समग्रमा समाज सञ्चालनको मूल आधार मान्दै आएका किरात राई समुदायका लागि खुवालुङ ऐतिहासिक स्थल हो ।

मुख्यतः राई, लिम्बू, याक्खा, सुनुवारलगायतका जातिमा बाँडिएका किराती यही बिन्दुबाट आफ्नो पुर्खा छुट्टिएको विश्वास गर्छन् । मुन्दुम अध्ययेताहरूले उल्लेख गरेअनुसार मुन्धुममा खुवालुङबारे थुप्रै वर्णन पाइन्छ ।

सामाजिक तथा सांस्कृतिक अभियानता जनक राईको फेसबुकबाट सम्बन्धी कार्यक्रमको फोटोहरु!

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्