Logo

खुवालुङ संरक्षण अभियन्ता रिहाइ भए


बराहक्षेत्र ( सुनसरी ) / पानी बोटसंग भएको बिबादमा पक्राउ परेका खुवालुङ बचाओ अभियन्ता द्वय दिनेश काम्दुङ राई र साजन राई शुक्रवार रिहाई भएको छ।

चतराबाट पानीबोटमा खुवालुङसम्म अभियन्ता तथा हेर्न जानेहरु लाने नलाने बिषयमा पानी बोट संचालकसंग बि’बाद भएपछि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर बराहक्षेत्रले पक्राउ गरिएका थिए।

यस बिषयमा संरक्षण समितिले २४ घन्टे अल्टिमेटम दिदै आन्दोलन गर्ने चेतावनी सहितको बिज्ञप्ति जारी गरेका थिए।

शुक्रबार सरोकारवाला बिहानै इलाका प्रहरी कार्यालयमा पुगेको कुरा धनराज राईले बताए।

तस्बिरहरु: धनराज राई

पानीबोट जाहेरीवाला आईनपुगेपछी दिउँसो ३ बजे दुबैपक्ष राखेर छलफल गर्ने भएको जानकारी धनराजले बताए।

तोकिएको समयमा दुबै पक्ष भेला भै छलफलपछि सहमति भै मिलापत्र भएको कुरा राईले बताए।

दुबै पक्षले आगामी दिन अ’भद्र ब्याबहार नगर्ने सहमति गरेको छ।

सहमति गर्दा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सुनसरीका अध्यक्ष राम मान्डुपा राई,विद्यार्थी नेता रामचन्द्र राई लगायत समेतको रोहबरमा रहेको कुरा धनराज राईले बताए।

अभियन्ता द्वयलाई बोट संचालक मणि घिमिरे मलेख राईको उजुरीमा प’क्राउ गरिएका थिए। यो खबर चिसेफायु डटकममा उल्लेख रहेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्