Logo

प्रधानमन्त्रीलाई छिटो भन्दा छिटो बालुवाटारबार हटाउनुपर्छ : गगन थापा


नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले अहिलेको अवस्थामा कांग्रेस नेतृत्वको सरकार बन्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार नेपाल शिक्षक सङ्घ वाग्मती प्रदेश कार्यसमितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाले कांग्रेस नेतृत्वको सरकार बनाउनका लागि अन्य दलहरुसंग पनि छलफल भइरहेको उल्लेख गर्नुभयो ।

त्यस्तै कांग्रेसको मुख्य ध्येय ओली सरकार हटाउने रहेको पनि उहाले बताउनुभयो ।

त्यस्तै कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीलाई छिटो भन्दा छिटो बालुवाटारबार घर पठाउनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले संविधान र व्यवस्थामा भ्वाङ पार्ने काम गरेको उहाले आरोप लगाउनुभयो ।

उहाले जनताबाट आफुहरुलाई प्रतिपक्षीमा बस्ने म्यान्डेड प्राप्त भएको भन्दै देशलाई चुनावमा लिएर जाने र त्यो चुनावबाट नयाँ म्याण्डेड प्राप्त गर्नेमा कांग्रेसको ध्यान केन्द्रीत हुनुपर्ने धारणा राख्नुभयो ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्