Logo

क्रिकेटको फाइनलमा एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्दै


काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा शनिबार दुई विभागीय टिम एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् ।

टियु क्रिकेट मैदानमा हुने विभागीय डर्बी भिडन्त बिहान ८ः४५ बजे सुरु हुनेछ ।

पहिलो संस्करणको फाइनलमा मैदान उत्रदा एपीएफ र पुलिस उपाधि आफ्नो बनाउने लक्ष्यमा देखिएको छ ।

एपीएफका कप्तान शरद भेषवाकर र पुलिसका कप्तान मन्जित श्रेष्ठ उपाधि जित्नेमा देखिनुभएको छ ।

फाइनल अघि शुक्रबार आयोजित प्रि–म्याच कन्फरेन्समा दुबै टिमका कप्तानले उपाधिका लागि खेल्ने बताउनुभयो ।

एपीएफका कप्तान शरद भेरवाकरले फाइनलको तयारी राम्रो रहेको बताउनुभयो ।

उहाले उपाधि जित्छौं भन्नेमा कन्फिडेन राम्रो रहेको बताउनुभयो ।

त्यस्तै पुलिसका कप्तान मन्जित श्रेष्ठले कस्तो खेल्छौ भनेर अहिले भन्न नसक्ने भन्दै मैदानमा उत्कृष्ठ प्रदर्शन गर्ने बताउनुभयो ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले ३ लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछ । उत्कृष्ट ब्याट्सम्यान र बलरले २५/२५ हजार पाउने छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्