Logo

‘खुवालुङ संरक्षण समिति’का अगुवा दिनेश काम्दुङ्ग खम्बु र साथीहरूलाई प’क्राउ गर्‍यो


काठमण्डौ- ‘खुवालुङ संरक्षण समिति’का एक अगुवा दिनेश काम्दुङ्ग खम्बु र  सजन राई लाई प’क्राउ गरेको छ ।

‘चतरा बोट’का सञ्चालकहरूको उजुरीका आधारमा प्रहरीले प’क्राउ गरी हाल इनरुवा पुर्‍याएको कुरा साहित्यकार तथा मदन पुरुस्कार विजेता राजन मुकारुङले फेसबुकमा उल्लेख गरेका छन ।

साहित्यकार तथा मदन पुरुस्कार विजेता राजन मुकारुङ लेखेका छन, ‘ ‘खुवालुङ बचाउ सांस्कृतिक आन्दोलनका वि’रुध्द दलाल र राज्यको यो गम्भीर आ’क्रमण हो भन्ने हाम्रो बुझाइ छ । हामी घोर भत्सर्ना गर्दछौं । हामी काम्दुङको तत्काल रि’हाइको माग गर्दछौं ।’

खुवालुङ मुन्धुममा आफ्नो इतिहास, जीवनदर्शन, संस्कार, चिन्तन र समग्रमा समाज सञ्चालनको मूल आधार मान्दै आएका किरात राई समुदायका लागि खुवालुङ ऐतिहासिक स्थल हो ।

मुख्यतः राई, लिम्बू, याक्खा, सुनुवारलगायतका जातिमा बाँडिएका किराती यही बिन्दुबाट आफ्नो पुर्खा छुट्टिएको विश्वास गर्छन् । मुन्धुम अध्ययेताहरूले उल्लेख गरेअनुसार मुन्धुममा खुवालुङबारे थुप्रै वर्णन पाइन्छ ।

केही साताअघि विराटनगरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले दिनुभएको एक अभिव्यक्तिलाई उक्त ढुङ्गा (खुवालुङ )सँग जोडिएपछि यसले राजनीतिक तथा सामाजिक क्षेत्रको पारो तताइरहेको छ ।

यही कुरासँग जोडिएर एक कार्यक्रम ‘खुवालुङ जाऔ, सांस्कृतिक बिनासका बि’रुद्ध प्रतिरोध गरौ ! खुवालुङ बचाउ सांस्कृतिक आन्दोलन – २०७७’ को कार्यक्रम फागुन २४ गते भएको थियो ।

उक्त कार्यक्रममा साहित्यकार तथा मदन पुरुस्कार विजेता राजन मुकारुङ मुक्य वक्ताका रुपमा खुवालुङ क्षेत्र गएका थिए । साथै रङभुमी ऐकेडेमिको नाटक समेत बिशेष गरेको थियो ।

उक्त कार्यक्रममा आयोजकहरु आदिबासी जनजाती साहित्यकार महासङ्घ, नेपाल (किरात राज्य समितीलिम्बुवान समिती ) किरात राई लेखक सङ्घ, खुवालुङ सरक्षण समिति, याक्थुङ लेखक सङ्घ, लिम्बुवान स्प्रीड आ’न्दोलन थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्