Logo

काठमाडौं मेयरलाई ७ विकेटले पराजित गर्दै एपीएफ फाइनलमा


विभागीय टिम एपीएफ क्लब काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको लिग चरणको अन्तिम खेलमा काठमाडौं मेयर–११ लाई ७ विकेटले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।

अब एपीएफले फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ ।

मुलपानी क्रिकेट मैदान काठमाडौंले दिएको १ सय ७८ रनको लक्ष्य एपीएफले ४४ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ४८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ७८ रन बनाएको थियो ।

यस्तै बिहीबार नै भएको अर्को खेलमा बागमतीले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई १० रनले पराजित गर्यो ।

टियु क्रिकेट मैदानमा बागमतीले दिएको २ सय ६७ रनको लक्ष्य पछ्याएको आर्मी ४७ ओभर १ अबलम अलआउट हुँदै २ सय ५६ रनमा समेटियो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले १ सय १९ रनको शतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ४९ ओभर ४ बलमा अलआउट हुँदै २ सय ६६ रन बनाएको थियो ।

यस जितसँगै बागमतीले प्रतियोगिताको सुखद अन्त्य गरेको छ । बागमतीले ४ खेलमा ४ अंक जोड्यो । बागमती तेस्रो स्थानमा रह्यो । आर्मीले ४ खेलमा २ अंक जोड्यो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्