Logo

जनयु’द्धको सिद्धान्त भुलेको छुईन आवश्यक परे हजारौं कंका’ल निकाल्छु : प्रचण्ड


नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुको ध्यान माओवादी आ’न्दोलनका उपलब्धि र नेतृत्वलाई समाप्त पर्नेमा केन्द्रीत रहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा भरत ढुंगाना स्मृतिग्रन्थ सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रमा प्रचण्डले देशी बिदेशी प्रतिक्रियावादीको जोड माओवादी उपलव्धि ध्वस्त पार्नेमा रहेको बताउनुभएको हो ।

पहिले भएका उपलब्धिलाई नबिर्सिन आग्रह गर्दै प्रचण्डले वैज्ञानिक समाजवाद, साम्यवादका निम्ति अझै लड्न तयार रहेको धारणा राख्नुभयो ।

प्रचण्डले उपलब्धी थोरै भए स्वीकार्नुपर्ने बताउँदै भन्दै केही होइन भनेर एक्लै बस्न नहुने बताउनुभयो ।

उहाले पहिलोपटक आफू प्रधानमन्त्री हुँदा जनयु’द्धकालका सबै सहिदहरुलाई राष्ट्रिय सहिद बनाएको तर कार्यान्वयन नभएको गुनासो गर्नुभयो ।

जनयु’द्धको सिद्धान्त आफुले नभूलेको भन्दै प्रचण्डले आवश्यक परे हजारौं कं’काल निकाल्ने जिकिर गर्नुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्