Logo

शिवरात्री पर्वको अवसरमा डोलेश्वर मन्दिरमा विभिन्न जिल्लावाट आउने दर्शनार्थीको भिड


हरेक बर्ष झै यो बर्ष पनि महाशिवरात्रीपर्वको अवसरमा भक्तपुरको सिपाडोल स्थित केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा विहान देखि दर्शनार्थीको घुईचो लागेको छ ।

प्रत्येक बर्ष शिवरात्री पर्वको अवसरमा डोलेश्वर मन्दिरमा विभिन्न जिल्लावाट आउने दर्शनार्थीको भिड लाग्ने गरेको हो ।

कोरोना माहामारीको जो’खिम रहेकाले मन्दिर दर्शनका लागि आउने भक्तजनहरुलाई माक्स र सानिटाइज अनिर्वाय गरेको मन्दिर विकास समितीले जानकारी दिएको छ ।

मन्दिर दर्शनका लागि आउने भक्तजनहरुलाई विषेश पुजा , हवन र रुद्धाभिषेक गरि पञ्च स्नान गराउने व्यवस्था समेत गरेको थियो ।

यस बर्ष डोलेश्वर मन्दिरमा गत बर्ष जस्तै साधुसन्त तथा बाबाहरुको भने उपस्थिती रहेन् ।

भारतमा कोरोनाको खोप अभियान चलिरहेकाले उतावाट आउने साधुसन्त तथा बाबाहरुको उपस्थितमा कमी आएको विकास समितीको भनाई छ ।

यहाँ आउने साधुसन्त तथा बावाहरुलाई शिवरात्रीको भोली पल्ट दक्षिण दिएर विदाई गरिने छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्