Logo

काठमाडौं मेयरलाई १ सय ३ रनले पराजित गर्दै पुलिस फाइनलमा


विभागीय टिम नेपाल पुलिस क्लब राजधानीमा जारी काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको आफ्नो अन्तिम लिग खेलमा काठमाडौं मेयर–११ लाई १ सय ३ रनले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो ।

टियु क्रिकेट मैदानमा पुलिसले दिएको १ सय ९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको काठमाडौंले ३१ ओभर २ बलमा अलआउट हुँदै ९४ रन मात्र बनाउन सक्यो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९७ रन बनाएको थियो ।

प्रतियोगितामा पुलिसको यो तेस्रो जित हो । यस जितसँगै पुलिसले ४ खेलमा ६ अंक जोड्दै फाइनलमा पुगेको हो ।

पुलिस तालिकाको शीर्ष स्थानमा समेत रहेको छ । पुलिसले पहिलो खेलमा बागमती प्रदेशलाई हराएको थियो ।

दोस्रो खेलमा एपीएफसँग पराजित पुलिसले तेस्रो खेलमा आर्मीलाई हराएको थियो ।

काठमाडौंको यो दोस्रो हार हो । काठमाडौंले ३ खेलमा २ अंक जोडेको छ । तेस्रो स्थानको रहेको काठमाडौंको पनि फाइनल पुग्ने सम्भावना कायमै छ ।

पहिलो खेलमा बागमतीलाई हराएको काठमाडौं दोस्रो खेलमा आर्मीसँग पराजित भएको थियो ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्