एक सच्चा कम्युनिस्ट नेता गोपाल किराती मात्र देखियो – मणी बान्तवा राई
हिमाल धन कार्की
काठमाण्डौ- एक सच्चा कम्युनिस्ट नेता गोपाल किराती मात्र रहेको कुरा सामाजिक सन्जालमा सामजिक तथा सास्कृतिक अभियानता मणी बान्तवा राईले लेखेका छन ।
उनले फेसबुकमा लेखेको छन, ‘बास्तबिकतामा भन्नु पर्दा गाेपाल किरातीकाे जित भएकाे छ, माअाेवादी केन्द्रलाई छाड्न नहुने तर्क दिदा सबैले भन्थे बुद्धि बिगि्रएका भन्थे तर बास्तवमा बुद्धि त प्रचण्डकै बिगि्रएको देखियाे।’
केहि दिन अघी मात्र सर्वोच्च अदालतले नेकपा ऋषि कट्टेलको भएको फैसला सुनाएको थियो ।
न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा ऋषि कट्टेलकै भएको फैसला सुनाएको थियो ।
नेकपा एमाले र माओवादी केन्द्रले एक भएपछि राख्ने भनेर रोजेको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ पहिला नै निर्वाचन आयोगमा दर्ता भएको भेटिएको थियो।

सर्वोच्चले ऋषि कट्टेलको पार्टीलाई नेकपा नामको आधिकारिकता प्रदान गर्दै साविक एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएको थियो ।
तर सर्वाेच्चको फैसलाले एमाले र माओबादी ब्यूँताएपनि ती दुवै नामका दलहरु निर्वाचन आयोगमा दर्ता भएका छन् ।
गोपाल किराँतीको नेतृत्वमा माओवादी केन्द्र र सन्ध्या तिवारीको नेतृत्वमा नेकपा एमाले निर्वाचन आयोगमा दर्ता भई विभिन्न गतिविधि समेत चलाइरहेका छन् ।
यही समकालिन राजनीतिक बारे एक फेसबुक स्टाटस राईले लेखेको हुन । उक्त स्टाटसमा लेखिएको छ, ‘गाेपाल किराती न बिप्लव बने, न प्रचण्ड, न बैध, न बाबुराम, अन्तमा अाएर न त बादल नै बने ! मात्र उहीँ गाेपाल किराती मात्र बनेर बसे । अझै न त सत्ता, न त पद, न त लाेभी भए ! मात्र पार्टीको बिचार र सिद्धान्तमा हिडे।’



