गुगलले भनेको छ ‘संयुक्त राज्य अमेरिका बाहिरका सिर्जनाकर्ताहरूको लागि, हामी चाँडै नै हाम्रो सेवा सर्तहरू अपडेट गर्नेछौं । जहाँ तपाईंको युट्युबबाट हुने कमाईलाई संयुक्त राज्य अमेरिकाको कर परिप्रेक्ष्यबाट रोयल्टी मानिनेछ । यसले तपाईंको आयलाई भुक्तानी गर्ने तरीकामा असर पर्न सक्छ, र संयुक्त राज्य अमेरिका कानूनद्वारा आवश्यक अनुसार गुगलले करहरू घटाउनेछ ।’

We’re reaching out because Google will be required to deduct U.S. taxes from payments to creators outside of the U.S. later this year (as early as June 2021). Over the next few weeks, we’ll be asking you to submit your tax info in AdSense to determine the correct amount of taxes to deduct, if any apply. If your tax info isn’t provided by May 31, 2021, Google may be required to deduct up to 24% of your total earnings worldwide.

गुगलका अनुसार गुगल विज्ञापन दृश्यहरू, युट्युब प्रीमियम, सुपर च्याट, सुपर स्टिकरहरू र च्यानल सदस्यताहरू मार्फत संयुक्त राज्य अमेरिकामा दर्शकहरुद्वारा कमाएको राजस्व कर अन्तर्गत काटिनेछ ।

अब के गर्ने ? भन्ने प्रश्नको उतर : गुगलका अनुसार अबको केहि साता भित्रै तपाइँहरुलाई एडसिन्समा आफ्नो कर जानकारी पठाउन एक इमेल प्राप्त हुनेछ । ६ चरणमा कर प्रणालीको प्रश्नहरुको प्रक्रिया पुरा गर्नुपर्नेछ ।

किन यस्तो ? भन्ने प्रश्नको उतर : गुगलले अमेरिकी कर मार्फत लिने राजश्व कोड ३ अनुसार यो नीति लागु गर्न लागेको जनाएको छ । यो नीतिसंगै अमेरिका बाहिरबाट गुगल मार्फत कमाई गरिराखेकाहरुबाट कर जानकारी संकलन गर्ने र केहि उदाहरणहरुमा कर कटौती गर्नेछ । जसको कारण अमेरिकाबाट हेर्ने दर्शकहरुबाट हुने आम्दानीमा कर काटिनेछ ।

कमाई घट्छ ? भन्ने प्रश्नको उतर : यदि तपाइँलाई गुगलले अबको केहि सातामा पठाएको इमेल अनुसार आफ्नो कर विवरण पेश गर्नुहुन्छ भने, अमेरिकी प्रयोगकर्ताले तपाइँको सृजनाहरु हेर्दा तपाइँले कमाउने कमाईको करहरू मात्र एडसिन्सबाट काटिनेछ । यदि तपाइँले गुगललाई कुनै कर जानकारी प्रदान गर्नु भएन भने, तपाईंको करदर उच्च व्यक्तिगत ब्याकअप होल्डिंग दर विश्वव्यापी कुल आयको २४% हुनेछ । यसको मतलब तपाइँले १ लाख कमाउनु भएको छ भने ७६ हजार मात्र पाउनुहुनेछ ।