नेपाललाई ब्याटमिन्टनको माध्यमबाट अन्तराष्ट्रिय स्तरमा चिनाउने १७ लेजेन्ड्री खेलाडीलाई एक साथ एकै थलोमा सम्मान

अन्तराष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौं ब्याडमिन्टन एकेडेमीले नेपाललाई पहिलो अन्तराष्ट्रिय पदक दिलाउने खेलाडी देखि पछिल्लो पटक सफलता हात पारेका खेलाडीलाई एकै थलोमा सम्मान गरेको छ ।
नेपाललाई ब्याटमिन्टनको माध्यमबाट अन्तराष्ट्रिय स्तरमा चिनाउने १७ लेजेन्ड्री खेलाडीलाई एक साथ एकै थलोमा सम्मान गरेको हो ।
एकेडेमीले २००४ साल देखि हालसम्मका नेपाललाई अन्तराष्ट्रिय पदक दिलाउने खेलाडीलाई विशेष सम्मान गरेको हो ।
ब्याटमिन्टमा यसरी एकैसाथ लेजेन्ड्री खेलाडी भेला गरेर सम्मान गरेको यो पहिलो पटक हो ।
नेपालका लागि ब्याडन्टिनको माध्यमबाट नेपाललाई पदक दिलाएका पूर्व खेलाडी अनुपमा मास्के श्रेष्ठ, विध्या भण्डारी थापा, ब्रिन्दा पौडेल सिम्खडा, छाँया श्रेष्ठ, जयन्ती पाण्डे बस्नेत, कल्पना राणा, राजदेवी मानन्धर, रज्नि मैयाँ जोशी, रीता अधिकारी बिष्ठ, शान्ती मानन्धर, शिला केसी छन् ।
यस्तै सम्मानित हुने अरू लेजेन्ड्रीमा प्रधान, शुभ श्रेष्ठ, रिता थापा, सरादेबी तामाङ, मोनिका राय, हिमा श्रेष्ठ र शुशिला श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रि दावा लामाले सम्मान गर्नुभयो ।
सम्मान कार्यक्रममा मन्त्री लामाले नेपालको खेल क्षेत्रलाई अहिलेको स्थानसम्म ल्याउन सवै खेलाडीको योगदान अविश्मरणीय रहेको बताउनुभयो ।
यसै अवसरमा खेलकुद पत्रकारी क्षेत्रमा लामो समय देखि योगदान पुर्याउदै आएका पत्रकार सरिता श्रेष्ठलाई पनि सम्मान गरियो ।
नेपाली ब्याडमिन्टनलाई अहिलेको अवस्थासम्म ल्याउन पुरुष खेलाडीको मात्र नभएर महिला खेलाडीको पनि ठूलो योगदान रहेको र आगामी दिनमा पनि नयाँ पुस्ताका खेलाडीको समेत मार्गदर्शक रहेकाले सम्मान् गरिएको आयोजकले बताएका छन् ।