Logo

अब एमाले र माओवादी केन्द्र अलग भएर जाने निर्णय


प्रचण्ड–नेपाल स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिएको छ।

त्यसपछि प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेकपा खारेज भएको छ। अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएको छ।

यसअघि नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले बानेश्वरको होटल अर्यालमा छलफल गरेका थिए।

सर्वोच्चले गरेको राजनीतिक फैसलाले मुलुकमा नयाँ परिस्थिति सिर्जना गरेको छलफलपछि बाहिरिएका नेता झलनाथ खनालले जानकारी दिए ।

“कानुनतः एकीकृत भइसकेका पार्टीहरुलाई कानुनतः दुईवटा पार्टीमा विभाजन गरेको छ,” उनले भने, “अदालतले गरेको यो फैसलालाई कार्यान्वयन गर्छौँ । तर साथसाथै यसप्रति हाम्रो गहिरो असहमति रहेको कुरा पनि प्रकट गर्छौँ । आ आफ्नो पार्टीमा रहेर वामपन्थी एकतालाई अघि बढाउन दृढतापूर्वक लाग्छौँ ।”

एक केन्द्रीय सदस्यका अनुसार एमालेमै रहेर पनि ओलीसँग लड्न नेपाल समूह सक्षम रहेको छ।

केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेकपा (एमाले)का १२० प्रतिनिधि सभा सदस्यमध्ये अहिले नेपाल समूहसँग ४० जना सांसद छन् भने थप दुई जना पनि आफूहरूतिर आउने उनीहरूको दाबी छ। त्यस्तै नेकपा एमालेको साबिकको केन्द्रीय समितिमा पनि नेपाल समूह झन्डै बराबरीको हैसियतमा छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्