Logo

विचार, संगठन अनि योग्य नेतृत्व राखेर नयाँ ढंगले पार्टी एकतालाई अघि बढाउने-उपप्रधानमन्त्री पोखरेल


उपप्रधानमन्त्री ईश्वर पोखरेलले विचार, संगठन अनि योग्य नेतृत्व राखेर नयाँ ढंगले पार्टी एकतालाई अघि बढाउने बताउनुभएको छ ।

महिला दिवसको अवसरमा अनेमसंघ काठमाडौं क्षेत्र नंवर ५ ले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले सर्वोच्चको फैसलापछि एकिकृत पार्टीहरुको अवस्था २०७५ साल जेठ ३ गते आगाडिको अवस्थामा पुगेको उल्लेख गर्दे अब नेकपा एमालेले विचार, संगठन अनि योग्य नेतृत्व राखेर नयाँ ढंगले पार्टी एकतालाई अघि बढाउने बताउनुभएको हो ।

अब नेकपा एमालेको ९ औ महाधिवेशनले चुनेको केन्द्रीय कमिटीको बैठक हुने भन्दै उहाले त्यही बैठकले आगामी रणनीति तय गर्ने उल्लेख गर्नुभयो ।

त्यस्तै उहाले नेकपा एमाले सुर्य चिन्ह सहित सबैलाई समेटर अघि बढ्ने बताउनुभयो । त्यस्तै उहाले केही समय अगाडि नेकपामा प्रधानमन्त्री ओली समुहका तर्फबाट थप गरिएका केन्द्रीय सदस्यहरु पनि नेकपा एमालेकै केन्द्रीय सदस्य हुने भन्दै सबैलाई विश्वस्त हुन आग्रह गर्नुभयो ।

 

पोखरेलले श्रम, उत्पादन तथा सम्पत्तिमाथिको अधिकारसंग महिला अधिकारलाई हेर्नुपर्ने पनि बताउनुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्