Logo

पुल्चोक स्पोर्ट्स क्लबले पहिलो जित निकाल्यो


 

राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबलमा पुल्चोक स्पोर्ट्स क्लबले पहिलो जित निकालेको छ ।

सोमबार भएको खेलमा रानीपोखरी कर्नर टिम आरसिटीलाई २–१ गोल अन्तरले पराजित गर्दै पुल्चोकले पहिलो जित निकालेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा पुल्चोकलाई जित दिलाउन अर्जुन कुमार राना र किस्मत लिम्बुले एक एक गोल गरे ।

आरसिटीका अमर डंगोलले एक गोल फर्काए । जितसँगै पुल्चोकले १० खेलमा ५ अंक जोडेको छ । पुल्चोक पुछारमा रहेको छ ।

आरसिटी १० खेलमा १३ अंक जोडेर पाचौं स्थानमा रहेको छ । त्यस्तै सोमबार भएको भएको अर्को खेलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लबले पहिलो हार व्यहोरेको छ ।

खेलमा मध्यपुर युथ एसोसियसनसँग २–१ गोल अन्तरले पराजित हुँदै सातदोबाटोले पहिलो हार व्यहोरेको हो मध्यपुरलाई जित दिलाउन कैलाश लामिछाने खत्री र सन्नी लामाले एक एक गोल गरे ।

सातदोबाटोका माल्डिना आङथुपुले एक गोल फर्काए । मध्यपुरसँग पराजित भएपनि सातदोबाटो १० खेलमा २५ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ । मध्यपुरले १० खेलमा १३ अंक जोडेको छ । मध्यपुर छैटौं स्थानमा उक्लिएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्