Logo

सरकारी विद्यालयमा पढ्ने वातावरण सिर्जना गर्न गुणस्तरीय शिक्षा आवश्यक रहेको : कृष्णगोपाल श्रेष्ठ


काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ नैकापमा पुर्ननिर्माण हुन लागेको विष्णुदेवी माविको शिलान्यास गरिएको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले भारत सरकारको सहयोगमा पुर्ननिर्माण गर्न लागिएको उक्त बिद्यालयको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले शिलान्याश गर्नुभएको हो ।

उक्त बिद्यालय २०७२ सालको बि’नासकारी भूकम्बाट क्ष’ति भएको थियो ।

शिल्यानाश कार्यक्रममा मन्त्री श्रेष्ठले सरकारी विद्यालयमा पढ्ने वातावरण सिर्जना गर्न गुणस्तरीय शिक्षा आवश्यक रहेको र सरकारको ध्यान त्यसतर्फ रहेको बताउनुभयो ।

त्यस्तैै सरकारी बिद्यालयमा शिक्षकहरुको आकर्षण बढाउन सरकार प्रतिवद्ध रहेको जिकिर गर्नुभयो ।

त्यस्तै भारतीय दूतावासका काउन्सीलर प्रफुल्लचन्द्र शर्माले नेपालको बिकासमा भारतको सदैव सकारात्मक सहयोग हुने बताउनुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्