Logo

१ सय ११ औं अन्तराष्ट्रिय महिला दिवस बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइदै


१ सय ११ औं अन्तराष्ट्रिय महिला दिवस, सोमबार बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

हरेक वर्ष मार्च ८ तारिखलाई विश्वभर लैङ्गीक समानता र न्यायको पक्षमा वकालत गर्दै महिला दिवसको रुपमा मनाईन्छ ।

नेपालमा पनि यस दिन नारी दिवसको रुपमा विविध कार्यक्रम गरेर मनाउने गरिएको छ ।

यस पटकको महिला दिवसको नारा ‘महिला नेतृत्व कोभिड १९ सँगै समान भविष्यको प्राप्ती’ भन्ने रहेको छ ।

दिवसका अवसरमा बिभिन्न संघ संगठनहरुले कार्यक्रमको आयोजना गरेको थियो ।

यसै क्रममा पूर्व अनेरास्ववीयुले काठमाडौंको माइतिघरमा सडक नाटक लगाएत रचनात्मक कार्यक्रम गरेको थियो ।

कार्यक्रममा अनेरास्ववीयुका पूर्व अध्यक्ष नविना लामाले नेपाल समाज रुपान्तरणको बाटोमा अघि बढेपछि महिला र पुरुषबीच कायम रहेको भेदभावलाई अन्त्य गर्नुपर्ने बताउनुभयो ।

समाजमा सुरक्षित भविष्य र समानताको लागि विभिन्न अभियानहरु चलिरहेका छन् ।

तरपनि नेपाली समाजमा महिलाहरुले यथोचित स्थान हाँसिल गर्न पाएका छैनन् ।

अझैपनि घरेलु वा पारिवारिक हिं’सामा महिलाहरुमाथि द’मन, वि’भेद र अ’त्याचार भईरहेको छ ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्