Logo

अहिलेका माओवादी र एमालेका नेता भन्छन्ः ‘हाम्रो पार्टी कसैलाई पनि हस्तान्तरण गर्दैनौँ’


काठमाडौँ । सर्वाेच्च अदालतले आइतवार सरकार चलाइरहेको प्रतिनिधिसभाको सबैभन्दा ठूलो नेपाल कम्युनिष्ट पार्टीको नाम र एकता नै भंग गरिदिएसँगै नेकपा माओबादी केन्द्र र नेकपा एमाले ब्यूँतिएका छन् ।

यो सँगै नेपाली राजनीति नयाँ मोडमा प्रवेश गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमाले ब्यूँताउने र सोहीपार्टीको केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरिरहेको अवस्थामा पचण्ड – नेपाल पक्षका नेताहरुले भने पुनरावेदन अदालत जाने सोच गराइरहेका छन् ।

तर सर्वाेच्चको फैसलाले एमाले र माओबादी ब्यूँताएपनि ती दुवै नामका दलहरु निर्वाचन आयोगमा दर्ता भएका छन् । सन्ध्या तिवारीको नेतृत्वमा नेकपा एमाले र गोपाल किराँतीको नेतृत्वमा माओवादी केन्द्र निर्वाचन आयोगमा दर्ता भई विभिन्न गतिविधि समेत चलाइरहेका छन् ।

गोपाल किराँती नेतृत्वको नेकपा माओवादी केन्द्रका सचिव आलोक रायमाझीले आफूहरुको पार्टी कसैलाई हस्तान्तरण हुन नसक्ने स्पष्ट पारेका छन्।

उनले निर्वाचन आयोगमा दर्ता भएर राजनीतिक गतिविधिसमेत भएकाले अरु कसैले दावी गर्न नपाउने बताए।

‘सर्वोच्च अदालतले पुरानै पार्टी ब्युँताउने आसयले फैसला गरेको भन्ने सुनेको छु। यसमा कसैको हक लाग्दैन किनकी हामीले संविधान र कानुन अनुसार पार्टी र चुनाव चिन्ह दर्ता गरेको हो,’ उनले भने, ‘प्रचण्ड र केपी ओलीले नयाँ पार्टी बनाउनुपर्छ।जबरजस्ती अरूको नाममा पार्टी दिन लगाएर हामीलाई फेरि अदालत जान नपरोस् भन्ने हो।’

आफ्नो पार्टी आफ्नै रहने भन्दै उनले अदालत जानुपर्छ भनेर नसोचिएको समेत उनले बताए।

सर्वोच्चको फैसला स्वीकार गरेपनि आफूहरू केपी ओली नेतृत्वको एमालेमा समाहित नहुने उहाँको भनाइ छ । नाम फेर्ने विषयमा उहाँको समूहले छलफल भने गरिसकेको छ । तर अदालतबाट अहिलेसम्म नाम परिवर्तन गर्नुपर्ने विषयमा आफूलाई कुनै पत्राचार नभइसकेको उहाँको भनाई छ ।

राष्ट्रिय सभाका सांसद तथा अधिवक्ता रामनारायण बिडारीका अनुसार नेपालको संविधानअनुसार निर्वाचन आयोगमा दर्ता भइसकेका  कुनै राजनीतिक दलको दर्ता खारेज गर्न पाइँदैन।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्