Logo

हङकङको समाजसेवीहरुको पहलमा जुसाङ राईलाई ८ लाख ६५ हजार सहयोग पाए


शान्ती नाछिरिङ

काठमाण्डौ- प्रदेश नं १ खोटाङ जिल्ला जन्तेढुङा गाउंपालिका वार्ड नं ३ निबासी बाबा दिपेश राई र आमा सबिना राईको १६ महिनाको छोरा जुसाङ राई दुर्लब रोग ‘Langerhans cell histiocytosis’ जस्तो रोगबाट ग्रसित छन । साथै लिभर ट्रन्सप्लानट पनि गर्नु पर्नेछ । उक्त घातक रोगले शरिरको महत्वपुर्ण अंगहरुमा फैलने गर्दछ, जसको कारण उपचार गर्न धेरै खर्चिलो हुने र यो रोगको उपचार नेपालमा सम्भव नहुने कुरा बच्चाको बुबा दिपेश राईले बताएका थिए ।

आर्थिक अभावकै कारणले गर्दा उपचार गराउन नसकिरहेको बेलामा पिडित दिपेश राईले सारा नेपाली दाजुभाई तथा दिदि बहिनी आमाबुबाहरु समक्ष विन्ती विसाउदै छोरोको जिवनको भिग माग्दै नागारिक आवज मिडिया मार्फत आउनु भएको थियो ।

 

लामो समयदेखि नेपालमा रहेका दुःखी पिडितहरुको पिडामा मलम पट्टी लगाउदै आउनु भएका समाजसेवी दिलिप राईको विशेष पहलमा आर्थिक संकलन गरिएको थियो । हङकङमा आफनो कर्म थलो बनाउदै आउनु भएका समाजसेवी सामाजिक अभियान्ता सुबाश राई भुपु अध्यक्ष खोटाङ समाज हङकङ, टिका कोयि राई निबर्तमान अध्यक्ष खोटाङ समाज हङकङ, निकेश घोताने गुरुङ बर्तमान अध्यक्ष खोटाङ समाज हङकङ साथै संस्थागत खोटाङ समाज हङकङले पनि आर्थिक संकलन गर्नमा मदत पु¥याउनु भएको थियो ।

उक्त कार्यमा बिभिन्न ब्यक्तित्वहरुको संयुक्त पहलमा यति धेरै आर्थिक संकलन भएको हो, जम्मा १८९ जना सहयोगी दाताहरुले सहयोग गर्नु भएको संकलित रकम एकमुष्ट हङकङ डलर ५५,१०१ {नेपाली रु ८,६५,०८५ (आठ लाख पैसठी हजार पचासी रुपैया )} संकलन गरिएको थियो ।

उक्त रकम काठमाण्डौ स्थित इशान हस्पिटलमा नानिको उपचारार्थ भईरहेको छ । सो रकम ८,६५,०८५ नागारिक आवज मिडियाको संचारकर्मी मेरी राईले बच्चाको बुबा दिपेश राईलाई रकम हस्तान्तरण गर्नु भएको छ । अभियानमा जोडिनु हुने तंपाई सम्पुर्णमा हार्दिक आभार प्रकट गर्दै, नानिको सिघ्र स्वास्थ्य लाभको कामना सहित यो अभियान समाप्त भएको कुरा नागारिक आवज मिडियाको संचारकर्मी मेरी राईले बताईन ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्