Logo

सर्वोच्चको फैसला अनापेक्षित रुपमा आएको र राजनीतिक जस्तो लागेको भन्दै आवश्यक निर्णय गर्ने : प्रचण्ड


प्रचण्ड–नेपाल पक्षले सर्वोच्चले ऋषि कट्टेलको नाममा नेकपा रहने फैसलाका बारेमा सोमबार आधिकारीक धारणा सार्वजनिक गर्ने भएको छ ।

आइतबार साँझ सिंहदरबारमा कानूनबिद्संग छलफल गरेपछि पुष्प कमल दाहाल प्रचण्डले सर्वोच्चको निर्णयपछि आफुहरु छलफलमा जुटेको भन्दै सोमबार धारणा सार्वजनिक गर्ने जानकारी दिनुभयो ।

प्रचण्डले सर्वोच्चको फैसला अनापेक्षित रुपमा आएको र राजनीतिक जस्तो लागेको भन्दै आवश्यक निर्णय गर्ने बताउनुभयो ।

समग्रको फैसलाको विस्तारपूर्वक गरेर सोमबार धारणा सार्वजनिक गर्ने उल्लेख गर्नुभयो ।

पार्टी एकतापछि नेकपाका कसैले पनि नयाँ पार्टी निर्वाचनआयोगमा दर्ता नभएको भन्दै कसैले दर्ता गरेको पाइए राम्रो नहुने चेतावनी दिनुभयो ।

प्रचण्ड–नेपाल पक्षले सर्वोच्चको फैसलाका बारेमा अन्य बिज्ञ र सरोकारवालासंग छलफल गर्ने जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्