Logo

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले रोष्टम घे’राउ गरेर अ’वरोध गरे


प्रतिनिधिसभाको बैठक फाल्गुन २६ गते सम्मका लागि स्थगीत भएको छ ।

सांसदहरुको नाराबाजीका कारण १० मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँसेर स्थगित भएको हो।

बैठक अब फागुन २६ गते बुधबार दिउँसो १ बजे बस्नेछ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले रोष्टम घेराउ गरेर अ’वरोध गरेको थियो भने प्रचण्ड–नेपाल पक्षले बैठक बहिष्कार गरेको थियो ।

संवैधानिक परिषद्को काम कार्यव्य र अधिकार सम्बन्धी अध्यादेशप्रति असहमति जनाउँदै कांग्रेसले बैठक अवरु’द्ध गरेको हो ।

कार्यसूची अनुसार अध्यादेश पेश गर्न कानुन मन्त्री लीला श्रेष्ठलाई रोष्टममा जान सभामुख अग्नि सापकोटाले अनुमति दिएसँगै कांग्रेस सांसदहरुले अध्यादेशलाई स्वीकार गर्न नसकिने भन्दै विरोध जनाएका थिए ।

बैठकमा कांग्रेस सचेतक बालकृष्ण खाँडले पनि अध्यादेश तुरुन्त फिर्ता हुनुपर्ने माग गर्नुभयो ।

संवैधानिक परिषद्को काम कार्यव्य र अधिकार सम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै कांग्रेस सांसदहरुले रोष्टम घेराउन गरेपछि सभामुखले बैठक स्थगीत गर्नुभएको थियो ।

त्यअघि प्रचण्ड–नेपाल पक्षले बैठक बहिष्कार गरेका थिए । वैधानिकता गुमाएको सरकारबाट अध्यादेश पेस गर्ने कार्यसूची राखिएको भन्दै उक्त समूहका सांसदहरुले बैठकको बीचबाटै उठेर हिँडेका हुन् ।

बैठकको बीचमा सभामुखसँग समय लिँदै सांसद भीम रावलले बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा समर्थन रहे पनि अध्यादेशहरु पेस गर्नेमा आफूहरुको समर्थन नरहेको बताउनुभयो ।

सभामुख अग्नि सापकोटाले रावलको धारणा दर्ज भएको भन्दै बस्न आग्रह गरे पनि प्रचण्ड–नेपाल पक्षका सांसदहरु बाहिएका थिए ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्