Logo

१४ वर्ष अघि रौतहटको गौरमा भएको ह’त्याका’ण्ड घटनाको पी’डित परिवारले दो’षीलाई कारबाहीको माग


१४ वर्ष अघि रौतहटको गौरमा भएको ह’त्याका’ण्ड घटनाको पी’डित परिवारले दो’षीलाई कारबाहीको माग गरेका छन् ।

गौर ह’त्याका’ण्ड संघर्ष समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मलेन गरेर दो’षीहरुलाई कारबाहीको माग गरेका हुन् ।

दो’षीहरुलाई कारबाही नगरे भद्रकालीमा अनशन बस्नेसमेत उनीहरुले चेतावनी दिएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै गौर ह’त्याका’ण्ड सँघर्ष समितिका संयोजक रुपसागर उपाध्यायले दो’षीलाई कारबाहीकोे माग गर्नुभयो ।

घटना भएको १४ वर्ष बितिसक्दा पनि आजसम्म दो’षीहरुमाथि कारबाही हुन नसकेको गुनासो उहाले गर्नुभयो ।

उहाले सरकारले घट्नामा शहिद भएकालाई शहिद घोेषणा गर्न र घा’इते भएकाहरुको उचित उपचार गर्न सरकारसँग माग गर्नुभयो ।

गौर घटनामा शहिद भएका साथीहरुलाई सरकारको तर्फबाट शहिद घोषणा गर्न समेत उहाले आग्रह गर्नुभयो ।

घट्नाका घा’इते तथा पी’डित मनोजकुमार यादव राजनले घा’इतेहरुको उपचार राज्यबाट हुनुपर्ने बताउनुभयो ।

उहाले शहिद परिवारको बालबच्चाको पालनपोशण र घर निर्माण गरिदिन सरकारसँग आग्रह गर्नुभयो ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्