बागमतीको लगातार दोस्रो हार
काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार दोस्रो खेलमा हार व्यहोरेको छ ।
आइतबार भएको खेलमा काठमाडौं मेयर ११ सँग ९४ रनले पराजित हुँदै बागमतीले लगातार दोस्रो हार व्यहोरेको हो ।
मुलपानी क्रिकेट मैदानमा काठमाडौंले दिएको २ सय ४५ रनको लक्ष्य पछ्याएको बागमती ३४ ओभर ३ बलमा अलआउट हुँदै १ सय ५० रनमा समेटियो ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४४ रन बनाएको थियो ।
यस जितसँगै काठमाडौं मेयर–११ ले भने प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।
यस्तै आइतबार नै भएको अर्को खेलमा विभागीय टिम एपीएफ क्लबले लगातार दोस्रो जित निकालेको छ ।
टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल पुलिस क्लबलाई १ विकेटले पराजित गर्दै एपीएफले लगातार दोस्रो जित निकालेको हो ।
पुलिसले दिएको २ सय ५९ रनको लक्ष्य एपीएफले ४९ ओभर ५ बलमा ९ विकेट गुमाएर पूरा गर्यो ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५८ रन बनाएको थियो ।
जितसँगै एपीएफले २ खेलमा ४ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ । पुलिसको भने यो पहिलो हार हो । पुलिसले २ खेलम २ अंक जोडेको छ ।



