Logo

सर्वोच्च अदालतले नेपाल कम्युनिष्‍ट पार्टीको नाम ऋषि कट्टेललाई दियो


काठमाडौं ।  सर्वोच्च अदालतले नेकपा ऋषि कट्टेलको भएको फैसला सुनाएको छ ।

न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा ऋषि कट्टेलकै भएको फैसला सुनाएको हो ।

यसअघि कट्टेल नेकपा आफ्नो भएको भन्दै सर्वोच्च अदालतमा पुगेका थिए ।

ओली–दाहालबीच एकता हुँदा जबर्जस्ती आफ्नो पार्टीको नाम लिएको भन्दै उनी अदालत पुगेका थिए । अदालतले केहीबेरअघि फैसला सुनाएको हो ।

नेकपा एमाले र  माओवादी केन्द्रले एक भएपछि राख्ने भनेर रोजेको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ पहिला नै निर्वाचन आयोगमा दर्ता भएको भेटिएको थियो।

ऋषिराम कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी गत मंसिर १० र २१ गते भएको निर्वाचनमा ‘घन र कोदालो’  चिन्ह लिएर सहभागी भएको थियो।

नेपाल कम्युनिष्ट पार्टी २०४८ साल अघिदेखि नै आयोगमा दर्ता छ।

आयोगले प्रतिनिधिसभा निर्वाचनमा सहभागिता लागि दल दर्ता आह्वान गर्दा पनि नेपाल कम्युनिष्ट पार्टी २०७४ साल भदौ १० गते दर्ता गरेको थियो।

२०७३ स्थानीय तह निर्वाचनमा सहभागिताका लागि आयोगले दल दर्ता आह्वान गर्दा पनि नेपाल कम्युनिष्ट पार्टीले आवेदन दिएको थियो।

त्यतिबेला पनि आयोगले ३९ नम्बरमा नेपाल कम्युनिष्ट पार्टीको सूची प्रकाशित गरिदिएको थियो। राजनीतिक दलसम्बन्धी ऐनको दफा ६ को १ (ङ) मा दलको नाम वा चिन्ह आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिन्हसँग मिल्ने भएमा दर्ता हुन नसक्ने उल्लेख छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्