श्री भगवती क्लबसँग खुमलटार युथ क्लब प’राजित

राजधानीमा जारी सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा खुमलटार युथ क्लब पराजित भएको छ ।
शनिबार भएको खेलमा खुमलटार श्री भगवती क्लबसँग २–१ गोल अन्तरले पराजित भएको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरुवाती अग्रता जोगाउन नसक्दा खुमलटार पराजित भएको हो ।
खेलको २६ औं मिनेटमा सबिन केसीले गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए । तर, खेलको ४१ औं मिनेटमा डोना थापाले गोल गर्दै श्री भगवतीलाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८४ औं आशिष श्रेष्ठले गोल गर्दै श्री भगवतीलाई २–१ को जित दिलाए । जितसँगै श्री भगवतीले १० खेलमा १२ अंक जोडेको छ ।
लिगको दोस्रो स्थानको खुमलटारले १० खेलमा २२ अंक जोडेको छ ।
त्यस्तै शनिबार नै भएको अर्को खेलमा ब्वाइज युनियन क्लबले जित निकालेको छ ।
ब्वाइज युनियनले टुसाल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा ब्वाइज युनियनलाई जित दिलाउन मिलन लिम्बुले निर्णायक गोल गरे ।
यस जितसँगै ब्वाइजले १० खेलमा १७ अंक जोडेको छ । ब्वाइज चौंथो स्थानमा यथावत रहेको छ ।
टुसाल १० खेलमा ९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।