देशको स’मस्या हल गर्नको लागि मुख्य मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्ने विप्लव नेकपाका एजेण्डा

नेत्रविक्रम चन्द विप्लव नेतृत्व्को नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले देशको स’मस्या हल गर्नको लागि मुख्य मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्ने आफ्नो पार्टीको एजेण्डा रहेको स्पष्ट पार्नुभएको छ
रपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उहाले पूर्ण लोकतान्त्रिक प्रक्रिया, जनवादी प्रक्रिया आवश्यक रहेकाले जनमतसंग्रह गरिनुपर्ने बताउनुभएको हो ।
उहाले आफूहरु मुलुकलाई समृद्ध बनाउने उद्देश्यमा होमिएकोले यो विषयमा आफ्नो पार्टीका धारणाहरु छिट्टै सार्वजनिक गर्ने पनि बताउनुभयो । अहिलेको संसदीय राजनीतिक व्यवस्थाले मुलुकलाई निकास नदिने उहाको भनाई छ ।
उहाले गरिब नेपाली जनताको अवस्था अहिलेपनि पनि पहिलेजस्तै रहेको सुनाउनुभयो ।
आफूहरुले पहिले पनि यही राजनीतिक बाटोबाट गए देश अस्थिरतातर्फ नै जान्छ भनेर राजनीतिक विश्लेषण गरेको र अहिले आएर त्यो कुरा पुष्टि भएको बास्तोलाको भनाई छ ।
उहाले सरकार र आफूहरुबीच भएको तीन बुँदे सहमति पालना हुनेमा शंका नगर्न आग्रह गर्नुभयो ।