Logo

आफू प्रधानमन्त्री बन्छ कि भन्ने चिन्ता सबैभन्दा बढी आफ्नै पार्टीका बरिष्ठ नेता पौडेललाई भएको : शेरबहादुर देउवा


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा नरहेको प्रस्ट पार्नुभएको छ ।

शनिबार विपी स्मृति सामुदायिक अस्पतालको १३औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाले प्रमुख प्रतिपक्ष दल बलियो प्रतिपक्ष भएकाले स्वाभाविकरुपमा प्रधानमन्त्री हुने सम्भावना रहेपछि सरकारको नेतृत्व गर्न हतार नरहेको धारणा पनि राख्नुभयो ।

अहिले नै सरकारमा जाने कोसिस पनि नरहेको उहाको भनाई छ ।

आफू प्रधानमन्त्री बन्छ कि भन्ने चिन्ता सबैभन्दा बढी आफ्नै पार्टीका बरिष्ठ नेता पौडेललाई भएको बताउँदै देउवाले आफू प्रधानमन्त्रीका लागि लालहित नभएको दाबी गर्नुभयो । उहाँले १८ पटक प्रधाननमन्त्रीको चुनाव लड्दा पनि जित्न नसकेको भन्दै पौडेलप्रति कटाक्ष गर्नुभयो ।

त्यस्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले अहिले सरकारको नेतृत्व गर्नेभन्दा पनि वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

महामन्त्री डा शशाङ्क कोइरालाले तोकिएकै समयमा कांग्रेस महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्