Logo

कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र)को ३ नम्बर प्रदेशको अध्यक्षले पार्टी छोड्यो


 

काठमाण्डौ- २०७७ साल माघ १३ गते बिहीबारदेखि कमरेड कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र)को कुनै पनि जिम्मेवारीमा रहेर काम गर्न नसक्ने भन्दै प्रदेश ३ को अध्यक्ष कमरेड प्रकाश दाहालले प्रेश बिज्ञप्ति फेसबुकमा लेखेको छन ।

फेसबुकमा प्रेस बिज्ञाप्ति निकाल्दै लेखेका छन, ‘ नेपालको माओवादी आन्दोलनमा जोडीएर काम गर्दै गर्दा कमरेड प्रचण्डले नेतृत्व गरेको पार्टी बिभाजन भयो, प्रचण्ड कमरेड्ले केपी ओलीसँग एकता गर्ने भने पछी कमरेड गोपाल किरातीको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) पुर्नगठन भयो र पुर्नगठन भएको २ बर्ष नपुगी पार्टी बिभाजन भयो । कमरेड कर्णजित बुढाथोकी अध्यक्ष भए तिर लागियो । अहिले निर्वाचन आयोगमा कुन आधिकारिक नेकपा (माओवादी केन्द्र) भन्ने वारेमा निर्वाचन आयोगमा दुबै पक्षले बैधानिकताको दाबि गरिरहेको छ, म आजसम्म कमरेड कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र)को ३ नम्बर प्रदेशको अध्यक्षको जिम्मेवारीमा थिए । उक्त जिम्मेवारीबाट राजिनामा दिएको जानकारी गराउदछु ।’

मेची महाकाली पैदल यात्रामा कमरेड दाहाल लगायत अन्य कमरेडहरुसँग !

कमरेड प्रकाश दाहाल गत बर्ष मेची महाकाली पैदल यात्रामा एक बिशेष अभियानमा जोडिने ५ मध्य एक हुन । वर्गसंघर्ष, क्रान्ति र राजनीतिमा आजसम्म सकेको दिने मात्रै काम गरियो लिने काम गरिएको छैन, इतिहास साची रहेको कुरा उल्लेख गर्दै अब अझ सशक्त भएर क्रान्तिकारी पार्टिमा लाग्ने कुरा समेत बिज्ञप्तिको आशय छ ।

यस मिडियसँग कुरा गर्दै दाहाल भन्छन, ‘अब नयाँ शिराबाट क्रान्तिकारी एक भएर अघी बढनु पर्दछ, केहि समयमा नै यो कुरा सहतमा देखिन्छ ।’

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्