तीनबुँदे सहमतिप्रति प्रतिबद्ध छौं : विप्लव

नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ।
उक्त सहमति पत्रमा दुबैतर्फका वार्ता टोली संयोजकले हस्ताक्षर गरेका छन्।
राष्ट्रिय सभा गृहमा आयोजित हस्ताक्षर समारोहमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन ।
नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग भएको तीनबुँदे सहमतिप्रति आफूहरु प्रतिबद्ध रहेको बताएका छन् ।
सहमतिमा हस्ताक्षर गर्न आयोजित कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले भने, ‘तीनबुँदेमा हामी प्रतिवद्ध छौं, पालना गर्छौं । आशंका वा कुतर्क गर्न जरुरी छैन ।’