Logo

सवै दलहरुसंगको छलफलपछि नै अविश्वासका प्रस्ताव अघि बढाउने : माधव कुमार नेपाल


नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले मुलुकलाई अघि बढाउनका लागि सहकार्य गर्न कांग्रेस र जसपालाई आग्रह गर्नुभएको छ ।

समाजवादी प्राध्यापक संघले बिहीवार काठमाडौंमा आयोजना गरेको वर्तमान राजनैतिक सं’कट र त्यसको समाधान बिषयक बिचार गोष्ठिमा अध्यक्ष नेपालले मुलुकलाई अघि बढाउनका लागी कांग्रेस र जसपासंग सहकार्य गर्न तयार रहेको भन्दै सहकार्यमा आउन आग्रह गर्नुभएको हो ।

अध्यक्ष नेपालले सहकार्यका लागि कांग्रेसबाट जवाफ नआएको धारणा पनि राख्नुभयो ।

त्यस्तै उहाले आफुहरुसंग सूर्य चिन्हको नेकपाको बहुमत रहेपछि निर्वाचन आयोगले समयमा नै निर्णय गर्न नसकेको भन्दै आ’क्रोश व्यक्त गर्नुभयो ।

त्यस्तै अध्यक्ष नेपालले सवै दलहरुसंगको छलफलपछि नै अविश्वासका प्रस्ताव अघि बढाउने उल्लेख गर्नुभयो ।

उहाले मोहका कारण ओली पक्षमा गएका नेताहरु पनि क्रमश आफुहरुको पक्षमा आइरहेको दावी गर्नुभयो ।

कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रीक पद्धतीलाई ट्रयाकमा ल्याउनुपर्ने बताउनुभयो ।

उहाले नेकपाको विवादलाई निर्वाचन आयोगले समयमा नै टुङ्ग्याउन नसके थप अस्थीरता उव्जीने धारणा पनि राख्नुभयो ।

त्यस्तै उहाले आयोग निष्पक्ष नभए भविष्यमा हुने चूनाव पनि आयोगले निष्पक्ष गराउन नसक्ने जिकिर गर्नुभयो ।

त्यस्तै कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेकपाले दुईतिहाई ल्याएपनि मुलुकमा अस्थीरता कायमै रहेकाले यसले आंशका पैदा भएको धारणा राख्नुभयो ।

उहाले संविधान बिपरित संसद बिघटन गरेर प्रधानमन्त्रीले अ’हंकार देखाएको आरोप लगाउनुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्