Logo

प्रतिनिधिसभा बिघटनको समयमा पनि राष्ट्रिय सभा अन्तर्गतको समितिले निरन्तर काम गरेको : गणेश प्रसाद तिमिल्सिना


राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रियसभा अन्तर्गतको समितिहरुले प्रभावकारी ढंगले काम गरिरहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको तीन वर्षको सन्दर्भमा संसद सचिवालयले बिहीबार काठमाडौंमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उहाले प्रतिनिधिसभा बिघटनको समयमा पनि राष्ट्रिय सभा अन्तर्गतको समितिले निरन्तर काम गरेको र अहिले पनि आफु मातहतका गतिविधीहरु निरन्तर भइरहेको बताउनुभएको हो ।

राष्ट्रिय सभामा दर्ता भएको अन्तरदेशीय संगठित अ’प’राध विरुद्धको महासन्धी अन्र्तगतको पार्लिमो प्रोटोकललाई पनि पारित भएको भन्दै उहाले राष्ट्रिय र जनताका सवालमा राष्ट्रिय सभा सदस्यहरुले सकारात्मक भूमिका खेलेको जिकिर गर्नुभयो ।

त्यस्तै उहाले समितिमा हुने दोहोरोपनालाई हटाउन र एकरुपकताका साथ अघि बढ्न अध्ययन र छलफलको खाँचो रहेको धारणा राख्नुभयो ।

संघीय संसदलाई सफल बनाउन संसद सचिवालयदेखि सवै सरोकार निकायको भूमिका अपरिहार्य रहेको उहाले बताउनुभयो ।

त्यस्तै अध्यक्ष तिमिल्सीनाले अहिलसम्म २ सय २२ वटा बैठक बसेको र ४१ वटा विधेयकहरू दर्ता भएको जानकारी दिनुभयो ।

त्यस्तै १६ वटा विधेयक प्रमाणीकरण भइसकेको उहाले बताउनुभयो ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्