Logo

प्रधानमन्त्री हुने अवसर पाएमा जिम्मेवारीबाट नभाग्ने : देउवा


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवसर पाएमा जिम्मेवारीबाट नभाग्ने बताउनुभएको छ।

नेपाली काँग्रेसका नेता एकनारायण रानाभाटको श्र’द्धाञ्जलि सभामा सभापति देउवाले कांग्रेसलाई पदको लोभ नभएको उल्लेख गर्दै टाउकोमा आयो भने भाग्न नहुने बताउनुभयो ।

आफ्नो काँधमा आएको जिम्मेवारीबाट नभाग्ने भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेललाई सानो चित्त नबनाउन आग्रह गर्नुभयो ।

आफूले प्रधानमन्त्री पद नमागेको भन्दै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका देउवाले प्रधानमन्त्री पाए पार्टीलाई नै फाइदा हुने बताउनुभयो ।

नेपाली कांग्रेस रामचन्द्र पौडेलको सानो चित्त भएको उल्लेख गर्दै सभापति देउवाले कांग्रेसको भागमा प्रधानमन्त्री पद आएको खण्डमा कांग्रेसले नै प्रधानमन्त्री पाउने भन्दै पौडेलले सानो चित्त गर्न नहुने बताउनुभयो ।

सभापति देउवाले प्रधानमन्त्री पद पाउनका लागि मरिमेट्न पनि नहुने भन्दै अवसर पाए नभाग्ने नहुने बताउनुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्