Logo

ललितपुर प्रहरी मातहतमा स्थापना भएको महानगरीय प्रहरी प्रभाग बालकुमारीको नव निर्मित भवनको उद्घाटन सम्पन्न


ललितपुर प्रहरी मातहतमा स्थापना भएको महानगरीय प्रहरी प्रभाग बालकुमारीको नव निर्मित भवनको उद्घाटन भएको छ ।

नवनिर्मित भवनको प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन पछि बोल्दै उपत्यका प्रहरी प्रमुख पालले प्रहरीले आम नागरिकको सुरक्षा गर्न सके मात्र भवन स्थापनाले सार्थकता पाउने उल्लेख गर्नुभयो ।

त्यस्तै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्मार्ट सिटी सफल बनाउन सुरक्षा क्षेत्रको ठूलो भुमिका हुने बताउनुभयो ।

उहाले आफ्नो भवनको उचित संभार आफैले गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले नयाँ भवन निर्माणपछि उक्त मनोवनका साथ जनताको सुरक्षामा उत्रन मद्धत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कोषको सहयोगमा झण्डै दुई करोड लागतमा निर्मित भवनमा २ वटा थुनुवा कक्ष सहित ११ वटा कोठा रहेका छन ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्