Logo

सरकार र विप्लव नेकपा दुबैले वार्ता टोली गठन गर्‍यो, बार्ता टोलिमा कोको छन ?


काठमाडौं । सरकारले नेत्रविक्र चन्द (विप्लव) नेतृत्वको भूमिगत नेकपासँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा मंगलबार सरकारले विप्लव नेतृत्वको भूमिगत नेकपासँग वार्ता गर्न वार्ता टोली गठन गरेको हो ।

गृहमन्त्री थापाको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले जानकारी दिनुभयो ।

वार्ता टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेको उहाले बताउनुभयो ।

नेपाल सरकारले वार्ताटोली गठन गरिसकेपछि नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले पनि छिट्टै वार्ता टोली गठन गर्ने सरकारको अपेक्षा रहेको प्रवक्ता गुरुङले बताउनुभयो ।

उहाले सबै भूमिगत समूहसंग सरकारले वार्ता गर्ने जानकारी दिनुभयो ।

उनले सबैलाई शान्ति प्रक्रियामा ल्याउने नेपाल सरकारको स्पष्ट दृष्टिकोण रहेको बताए । त्यस्तै गरी  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

वार्ता टोलीको नेतृत्व पार्टी प्रवक्ता खड्कबहादु विकले गर्ने छन् भने अर्का सदस्य उदयबहादुर चलाउने रहेका छन् । विक विप्लवपछिको दोस्रो नेता हुन भने चलाउने पार्टीका केन्द्रीय सदस्य हुन ।

उनी जनमुक्ति सेनाको नेतृत्वमा रहेको बताइन्छ । विप्लव नेतृत्वको नेकपाका एक केन्द्रीय सदस्यका अनुसार वार्ता टोली गठन भएको छ , सम्भवत आजै  घोषणा हुन्छ होला ।

सरकारले आजै विप्लवसँग वार्ता गर्ने भन्दै गृहमन्त्रीको नेतृत्वमा दुई सदस्ययी वार्ता टोली गठन गरेको घोषणा गरेको छ । सरकारले वार्ता गर्ने घोषणा गरेपनि विप्लवमाथिको प्रतिबन्ध भने फुकुवा गरेको छैन ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्