Logo

‘ह्वीलचेयर मैत्री वातावरण सोच मात्रै होइन, व्यवहारमा लागू गरौ’ भन्ने नाराका साथ १३ औं अन्तर्राष्ट्रिय ह्वीलचेयर दिवस मनाइए


१३ औं अन्तर्राष्ट्रिय ह्वीलचेयर दिवस सोमबार काठमाडौंमा पनि मनाइएको छ । यस बर्ष ह्वीलचेयर मैत्री वातावरण सोच मात्रै होइन, व्यवहारमा लागू गरौ भन्ने नाराका साथ दिवस मनाइएको समाज कल्याण परिषद् अन्तर्गतको राष्ट्रिय अपा’ङ्ग कोषले जनाएको छ ।

दिवसका अवसरमा काठमाडौं लगाएत देशका सातवटै प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरुको संघसंस्थाहरुको अगुवाईमा कार्यक्रम भएको कोषले जनाएको छ ।

दिवसका अवसरमा काठमाडौंको भृकुटिमण्डपबाट ह्वीलचेयर र्याली निकालिएको थियो । र्यालीका सहभागीहरुले ‘हाम्रोलागि ह्वीलचेयर पाथ खै रु’, ‘ह्वीलचेयरमैत्री संसार जिन्दावाद’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

त्यसअघि र्यालीको उद्घाटन गर्दै महिला बालकालिका मन्त्री जुली कुमारी महत्ताले अपाङ्गमैत्री संरचना बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाले सरकारले भत्ता र ह्वीलचेर प्रदान गरेर मात्र नभइ अपाङ्गता भएका व्यक्तिहरुको बौद्धिकतालाई पनि आर्थिक उपाजनतर्फ उन्मुख गर्नुपर्ने धारणा राख्नुभयो ।

हरेक वर्ष मार्च १ तारिखमा विश्वभर अन्तर्राष्ट्रिय ह्वीलचेयर दिवस मनाउने गरिन्छ । यसदिन ह्वीलचेयर प्रयोगकर्ताले आफ्नो जीवनमा ह्वीलचेयरले पारेको सकारात्मक प्रभावको खुसीयाली मनाउँछन् ।

उनीहरुले ह्वीलचेयर प्रयोगकर्तालाई फरक क्षमता भएका व्यक्तिको रुपमा लिनुपर्ने बताउँछन् । सन् २००८ मा पहिलो पटक ह्वीलचेयर दिवस मनाइएको थियो । नेपालमा कुल जनसंख्याको १.९४ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरु रहेको तथ्याङ्क छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्