Logo

संसदमा आफूविरुद्ध अ’विश्वासको प्रस्ताव पारित गरेर देखाउन प्रचण्ड–नेपाल पक्षलाई चूनौति : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेर देखाउन प्रचण्ड–नेपाल पक्षलाई चूनौति दिनुभएको छ ।

झापाको कमल गाउँपालिका वडा नं ७ मा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र चीन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै उहाँले अदालतले संसद् पुनःस्थापना गरेपछि सरकार ढलिहाल्छ भन्ने नसोच्न सुझाव दिनुभयो ।

उहाले कुनै पनि हालतमा आफू नेतृत्वको सरकार ढल्न सम्भव नभएको बताउनुभयो । प्रधानमन्त्रीले जनताको आशीर्वाद लिएर आगामी चुनावमा दुई तिहाइको सरकार बनाएरै छाड्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द समूहसँग वार्ताद्वारा समस्याको समाधान छिट्टै हुने पनि बताउनुभयो ।

नेपाललाई गरीब मुलुकबाट स्तरोन्नति गरेर विकासशील देशमा सिफारिश गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशलाई आत्मनिर्भर बनाउने अभियान आफ्नो प्राथमिकता रहेको बताउनुभयो ।

कमल– ७, गौरादह– ५ र दमक –१० को सङ्गमस्थलमा २१ सय बिघा जग्गामा औद्योगिक पार्क निर्माण हुन लागेको हो, जसमा चीन सरकारको रु ६५ अर्ब लगानी हुने भएको छ ।

पार्कमा पहिलो चरणमा २६ विदेशी कारखाना स्थापना हुने र त्यसबाट उत्पादित वस्तु विदेशमा निर्यात हुने पार्कका अध्यक्ष गोविन्द थापाले जानकारी दिनुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्