Logo

विकासको नाममा नागरिकलाई सडक छाप बनाउने काम भएको भन्दै काठमाडौँ महानगरपालिका घे’राउ


विकासको नाममा नागरिकलाई सडक छाप बनाउने काम भएको भन्दै नागरिक समाजका अगुवा तथा स्थानीय र अभियन्ताहरुले काठमाडौँ महानगरपालिका घे’राउ गरेका छन् ।

विकासको नाममा आफूहरुको उठिबास गराएर प्रतिगमन गर्न खोजिएको आरोप लगाउदै उनीहरुले महानगर घे’राउ गरेका हुन् ।

बालाजु सडक विस्तारका नाममा आदीबासीलाई सुकुम्बासी बनाउन नपाइने आ’न्दोलनकारीको माग छ ।

बालाजु बाइपास सडक विस्तारको क्रममा उठिबास लगाइएकालाई सोही स्थानमा पुनःस्थापित गर्न उनीहरुको माग छ ।

त्यसक्रममा उपस्थित प्रदर्शनकारीहरुले ’कंक्रिटको भूत’ भगाउने भन्दै धुप बालेका थिए ।

त्यस्तै सडक बिस्तारका क्रममा पक्राउ परेकालाई रिहाइ गर्नुपर्ने उनीहरुको भनाई छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्