Logo

अदालतको अ’वहेलनासम्बन्धी रिट उपर प्रचण्डले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरे


अदालतको अ’वहेलनासम्बन्धी रिट उपर सर्वोच्चद्वारा जारी निर्देशन पालना गर्दै नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्नुभएको छ ।

अध्यक्ष प्रचण्ड आइतबार सर्वोच्चमा पुगेर लिखित जवाफ पेश गर्नुभएको हो । प्रचण्डले अदालतप्रति आफ्नो उच्च सम्मान रहेको लिखित जवाफ बुझाउनुभएको हो ।

उहाको जवाफमा जुलुस नारा र भाषणले स्वतन्त्र र सुक्ष्म न्यायपालिका (अदालत) लाई प्रभाव पर्ने र पार्ने कुरा हुन नसक्ने उल्लेख गरिएको छ ।

अहिले आफू एउटा दलको नेता र सामान्य नागरिक मात्रै रहेकाले उक्त भनाइ अदालतको मानहा’नी हुन नसक्ने जिकिर प्रचण्डको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको आ’न्दोलनमा अदालतको मानहा’नी हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रचण्डविरुद्ध रिट दायर भएको थियो ।

सो रिटमा गत बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र आफैं लिखित जवाफ पेश गर्न प्रचण्डलाई आदेश दिएको थियो ।

सोही आदेशअनुसार प्रचण्ड लिखित जवाफसहित सर्वोच्चमा उपस्थिति हुनुभएको उहाको नीजि सचिवालयले जनाएको छ ।

सर्वोच्चले आफ्नो पक्षमा निर्णय गरेन भने आँधीहुरी ल्याउँछौं भन्दै प्रचण्डले भृकटीमण्डपको आमसभामा बोलेको कुराले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्नुभएको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्