Logo

प्रधानमन्त्री ओलीमा नैतिकता भए राजीनामा दिनुपर्छ : प्रकाशमान सिंह


नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले संविधानको संरक्षणमा राष्ट्रपति चुकेको बताउनुभएको छ ।

स्वास्थ्य मिडिया नेटवर्कले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले राष्ट्रपतिले संविधानको संरक्षण गर्नुपर्नेमा सरकारको रबर स्ट्याम्प बनेर राष्ट्रपतिले संविधानको भावनालाई अपहे’लना गरेको बताउनुभएको हो ।

नेता सिंहले प्रधानमन्त्री ओलीमा नैतिकता भए राजीनामा दिनुपर्ने धारणा पनि राख्नुभयो । आफैले बिघटन गरेको प्रतिनिधिसभामा जान प्रधानमन्त्रीलाई नैतिकताले नदिने उहाको भनाई छ ।

चारैतिर सेटिङको हल्ला चल्दाा आफुलाई न्यायलय सहि निर्णय गर्छ भन्ने लागेको भन्दै न्यायलयको फैसलले संविधान नै रक्षा गरेको पनि बताउनुभयो ।

उहाले मुलुकको लोकतन्त्रलाई जोगाउने काम कांग्रेसले गर्ने र अन्य दलले कुरा मात्रै गर्ने टिप्पणी गर्नुभयो ।

कार्यक्रम स्वास्थ्य क्षेत्रमा योगदान पुराएका चिकित्सकलाई सम्मान गरिएको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्