मेलिना राई र नगेन माखिमको ‘जती हिडे पनि’ गीतको भिडियो सार्बजनिक

सरिता तामाङ
काठमाडौं– नगेन माखिमको ‘जती हिडे पनि’ गीतको अफिसियल म्युजिक भिडियो सार्बजनिक भएको छ ।
यस गीतमा युवा गायक नगेन माखिम र चर्चित गायिका मेलिना राईले स्वर दिएकी छिन ।
प्रस्तुत गीतमा गीतकार डिपी खनालको शब्द, संगीतकार युवा सगितकार बिक्रम राईको संगीत, रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।
चोखो मायालाई गहिरो तरिकाले उजागर गर्न खोजिएको गीतलाई राजेश श्रेष्ठले रेकर्डिङ गरेका हुन भने मिक्सिङ मास्टरिङ्ग किशोर थापाले गरेका हुन ।
यस गितलाई ए वान स्टुडियोमा रेकर्डिङ गरिएको हो ।
प्राकृतिक मनोरम दृश्यहरुलाई समेटिएको भिडियोमा प्रेमको शब्द र अभिनयरुपी सारबाट ब्यक्त गर्ने खोजिएको छ, प्रेम सधै मान्छेको जिबनमा पहिलो स्थान रहन्छ ।
अमिर हाङ लिम्बु र सुजता राईको अभिनय जोडदार राम्रो देख्न सकिन्छ ।
छांयाकन मनिकुमार राई गरेका हुन भने ड्रोनको शट भुपेन्द्र थुमबाहाङ्फेले गरेका हुन । सम्पादन अनिल रानाले गरेका हुन ।
आर्ट निर्माता सोनम लामा र मेकअप आर्टिस्ट सब्बु लामाले गरेकी हुन ।
गीतलाई सधैं झैँ माया गरिदिनु हुन साथै सल्लाह, सुझावहरु दिनुहुन सम्पूर्ण संगीतप्रेमी दर्शकश्रोता, सञ्चारमाध्यम तथा शुभचिन्तकहरुमा हार्दिक अनुरोध गर्छन् गायक नगेन माखिम ।
भिडियोलाई डुश म्युजिक नेपालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
यस म्युजिक भिडियोलाई निर्देश नगेन माखिम र निर्माता सर्गम सुब्बाले गरेका हुन ।