Logo

ओली नेतृत्वको सरकारले नै आगामी दिनमा पनि अविचलित रुपमा राष्ट्रका लागि काम गर्ने : पार्वत गुरुङ


सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले अविचलित रुपमा राष्ट्रका लागि काम गर्ने बताउनुभएको छ ।

बरिष्ठ संगीतकार अम्बर गुरुङको जन्मजयन्तीका अवसरमाा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाले वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले नै आगामी दिनमा पनि अविचलित रुपमा राष्ट्रका लागि काम गर्ने बताउनुभएको हो ।

उहाले राजनीतिमा तलमाथि हुनु स्वभाविक भएको भन्दै यसले मुलुकको बिकासको बाटोलाई कुनै अप्ठेरो नहुने जिकिर गर्नुभयो ।

मन्त्री गुरुङले अदालतको फैसला सर्वस्वीकार्य हुने र अदालतको फैसला अनुसार नै ओली नेतृत्वको सरकार अघि बढ्ने उल्लेख गर्नुभयो ।

मुलुकमा देखिएको अराजक राजनीति धेरै दिन टिक्क नसक्ने भन्दै मन्त्री गुरुङले मुलुकलाई समृद्ध बनाउने बाटोमा नेकपा प्रतिवद्ध रहेको धारणा राख्नुभयो ।

त्यस्तै उहाले राजनीतिलाई अनुशासनको बाटोमा हिडाउनुपर्ने बताउनुभयो ।

मुलुकको नाम विश्वमाझ चिनाउने संगीतकर्मीलाई राज्यले अग्रभागमाा राखेको उहाले बताउनुभयो ।

कार्यक्रममा बरिष्ठ संगीतकार अम्बर गुरुङले संगीत दिनुभएको गीत प्रस्तुत गरिएको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्