Logo

अन्तराष्ट्रिय महिला दिवसका अवसरमा नेपाल महिला चेम्वरको आयोजनामा तीन दिने मेला हुने


अन्तराष्ट्रिय महिला दिवसका अवसरमा नेपाल महिला चेम्वरको आयोजनामा काठमाडौंमा तीन दिने नेपाल महिला चेम्वर ट्रेड मेला हुने भएको छ ।

महिला चेम्वरले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फाल्गुन २४ देखि २६ गतेसम्म महिला चेम्वर ट्रेड मेला हुने जानकारी दिएको हो ।

काठमाडौंको र्याडिशन होटलमा हुने मेलामा ८० वटा स्टल रहने मेला संयोजक तथा महिला चेम्वरका सचिव लिमा अधिकारीले जानकारी दिनुभयो ।

मेलामा खाना, श्रृगार, ह्यााण्डिक्राफ्ट लगाएतका स्टल रहने र स्टल राख्न चाहनेका लागि बुकिङ समेत खुल्ला गरिएको उहाले बताउनुभयो ।

महिलालाई सफल सक्षम, उद्यमी र व्यवसायी बनाउनका लागि र महिलाको व्यवसाय विस्तारका लागि हरेक बर्ष मेलाको आयोजना गर्दै आएको अधिकारीले जानकारी दिनुभयो ।

मेलामा व्यवसायलाई बिस्तार गर्नका लागि बैंकिङ्ग परामर्शको पनि व्यवस्था गरिने उहाले बताउनुभयो ।

महिलाले आफू उद्यममा लाग्न आफैँ क्रियाशील रही आत्मनिर्भर बन्नुपर्नेमा महिला चेम्वरले जोड दिएको छ ।

मेलाको उद्घाटन उपराष्ट्रपति नन्द बहादुर पुनले गर्नुहुने महिला चेम्वरले जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्