Logo

सातदोबाटो युथ क्लबले खुमलटार युथ क्लबलाई पराजित गर्‍यो


 

 

राजधानीमा जारी सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले खुमलटार युथ क्लबलाई पराजित गरेको छ ।

शुक्रबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा सातदोबाटोले खुमलटार युथ क्लबमाथि ३–२ गोलको जित निकालेको हो ।

सातदोबाटोको जितमा दोर्जे तामाङ, आशिष राई र भुवन बस्नेतले एक एक गोल गरे ।

खुमलटारका सबिन केसी र आदिल हमिदले एक एक गोल फर्काए ।

जितसँगै सातदोबाटोले ७ खेलमा १९ अंक जोडेको छ ।

सातदोबाटो शीर्ष स्थानमा यथावत रहेको छ ।

खुमलटारले ७ खेलमा १६ अंक जोडेको छ ।

खुमलटार लिगको दोस्रो स्थानमा रहेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्